हाम्रो बारेमा
परिचय
सहकारी ऐन २०४८ बमोजिम सहकारीको मूल्य र मान्यता लाई पूर्ण रुपले पालना गरि स्थापना भएको यस ‘धर्मेश्वर बहुद्देश्यीय सहकारी संस्था लि.’ नेपाल सरकारबाट वित्तिय कारोबार गर्न ईजाजत प्राप्त सहकारी संस्था हो । संस्थाको ध्येय शेयर सदस्यहरुको आर्थिक र सामाजिक स्तरोन्नतिका लागि समुदायमा आधारित संस्था । संस्थाको उद्देश्य गुणस्तरीय वित्तिय सेवा र वैज्ञानिक परामर्श प्रदान गरि शेयर सदस्यहरुको व्यवसाय प्रवर्धन आर्थिक रुपान्तरण र दिगो विकासमा योगदान गर्ने । शेयर पूँजी यस संस्थाको शेयर कायम गरिएको छ । उक्त रकमलाई ‘शेयर अभिवृद्धि कार्यक्रम’ द्वारा क्रमिक रुपमा चुक्ता पूँजीमा परिणीत गर्दै लगिने छ । पूँजी रु ५,००,००,००० (पाँच करोड) वित्तिय, व्यवसायिक, पत्रकारिता र सहकारी क्षेत्रमा विशिष्टता हासिल गरेका संचालक कर्मचारी, व्यवसायी एवम् प्रतिष्ठित व्यक्तिहरुको प्रत्यक्ष संलग्नताबाट वैज्ञानिक ढंगले राखिएका नीति नियमको अधिनमा रही इमान्दारी पूर्वक कत्र्तव्य पालना गर्ने व्यवस्थापन पक्ष यस सहकारीको महत्वपूर्ण पक्ष हुनुका साथै आबद्ध शेयर सदस्यहरुलाई उच्च स्तरीय सेवा दिनु प्रमुख लक्ष्य हो ।